धादिङ । मोटरमा चढेर आएकी महिला यात्रुलाई गन्तव्यमा नपु¥याइ एकान्तमा लगेर जबरजस्ती गर्न खोजेको आरोपमा धादिङबेसी काठमाडांै रुटमा चल्ने फोर्सका एक चालक पक्राउ परेका छन् ।
कात्तिक २० गते काठमाडौंबाट धादिङतर्फ आउनेक्रममा बा२ख ४६९० नम्बरको फोर्समा चढेर आएकी एक युवतीलाई चालकले मुरलीभन्ज्याङ गाविसको ससाहामा ओराल्नु पर्नेमा सो स्थानमा बस नरोकी धादिङबेसी पुछारबजारमा पुगेर फर्कने भन्दै साङकोष–३ स्थित गणेश फर्निचरनजिक आँसीखोलामा पु¥याई बलात्कारको प्रयास गरेको पीडित युवतीले बताएकी छिन् ।
एकान्तमा पु¥याएर मोटरभित्रै जबरजस्ती करणी गर्ने प्रयास गरेपछि त्यहाँबाट उम्किएर ती युवतीले प्रहरीलाई खबर गरेपछि गाडी चालक फरार भएका थिए । युवतीको उजुरीको आधारमा प्रहरीले खोजतलास गर्दा बा२ख ४६९० नं.को फोर्स गाडीका चालक धादिङ जिल्ला नलाङ गाविस–९ का हरिबहादुर भन्ने सञ्जीवकुमार सिलवाल संलग्न रहेको भेटिएपछि सिलवाललाई प्रहरीले कात्तिक २२ गते गते पक्राउ गरेको हो ।
पक्राउ परेका सिलवाललाई मुलुकी ऐन जबरजस्ती करणी उद्योग मुद्दामा धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



No comments:
Post a Comment