Friday, December 31, 2010

दृष्टिविहिन बिद्यार्थीहरुकोलागि छात्रावास शिलान्यास

महादेवबेसी /थांक्रे गाउं विकास समितिको वडा नम्वर ३ महादेववेसीमा रहेको जनजागृत्ति माध्यमिक बिद्यालयमा साचालित दृष्टिविहिन श्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रावास सुविधा उपलव्ध गराउने उद्धेश्यले नमुना छात्रावासको शिलान्यास गरिएको छ ।
फ्लेम संस्थाको आर्थिक सहयोगमा परिलक्षित काठमाण्डौ तथा सिर्डस धादिङको साझेदारीमा निमार्ण हुन लागेको उक्त छात्रावासले २० जना दृष्टिबिहिन हरुका लागि छात्रावासको व्यवस्था हुने ९ कोठे पक्कि भवन निर्माण गर्न लागिएको हो । कुल ६५ लाखको लागतमा निर्माण गर्न लागिएको छात्रावासको भवन निर्माणका लागि स्थानीय हिमबहादुर राई र भिमबहादुर थापाले संयुक्त रुपमा एक रोपनी जग्गा निःशुल्क उपलव्ध गराउनु भएको थियो । शिक्षा विभागका उप सचिव जयप्रसाद लम्साल र परिलक्षित काठमाण्डौका अध्यक्ष बर्षा श्रेष्ठ ,निर्देशक नारायण िसंह र सिर्डस धादिङका अध्यक्ष उत्तम पौडेलले भवनको शिलान्यास गर्नुभएको महादेवबेसीबाट सहकर्मि रामचन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc