पिडा /पिडा गाउं विकास समितिको वडा नम्वर २ घाटबेसीमा रहेको पिण्डेश्वरी बहुउद्धेश्यिय सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद अर्यालको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी जिल्ला सहकारी संघ धादिङका प्रतिनिधी परशुराम सुबेदी रहनुभएको थियो ।
साधारण सभाले पुरुषोत्तम न्यौपानको अध्यक्षतामा १३ सदस्यिय नयां संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा ईश्वरीप्रसाद शर्मा ,सचिवमा अर्जुनप्रसाद न्यौपाने ,सह सचिवमा राजेन्द्रप्रसाद ढुङगाना र कोषाध्यक्षमा श्यामप्रसाद न्यौपाने चयन हुनुभएको छ । साधारण सभाले आर्थिक बर्ष २०६६/६७ को एक करोड ४९ लाख ६६ हजार सात सय ७८ रुपैया ७ पैसाको आर्थिक प्रतिबेदन समेत पारित गरेको पिडा बाट नवराज न्यौपानेले जानकारी दिनुभयो ।



No comments:
Post a Comment