धादिङ/ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुनका केन्द्रिय अध्यक्ष मिनराज कडेंलले सहकारी क्षेत्रको लागि छुट्टै सहकारी मन्त्रालय स्थापना गरिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
सदरमुकाम धादिङवेसीमा शुक्रवार आयोजित भैरवि बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष कडेलले सो कुरा बताउनुभएको हो ।
भवन उद्घाटन तथा साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कडेंलले सहकारीको क्षेत्र अहिले व्यापक विस्तार भएकोले यसको विकासको लागि छुट्टै मन्त्रालयको आवश्यकता भएको उल्लेख गर्नुभयो । साथै बर्तमान अवस्थामा पाठ्यक्रममा पनि सहकारीलाई समावेश गरिनुपर्ने अवस्था आएको पनि उहाले बताउनुभयो । सहकारी मार्फत आम मानिसको जिवन स्तरमा सुधार आएको बताउंदै अध्यक्ष कडेंलले यसमा धेरै चुनौती र समस्या रहेकेा पनि बताउनुभयो । एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तबाट अगाडि बढ्दा सहकारी क्षेत्रको विकास हुने बताउंदै कडेंलले सामुदायिक भावनाबाट अगाडि बढ्न सबै सहकारी संस्थाहरुलाई आग्रह पनि गर्नुभयो । यस अघि नेफ्सकुनका केन्द्रिय अध्यक्ष मिनराज कडेंलले सहकारी संस्थाले धादिङवेसीमा निर्माण गरेको सुविधासम्पन्न व्यवसायिक भवन भैरवि सदनको पनि उद्घाटन गर्नुभएकेा थियो । भैरवि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन तथा नवौं बार्षिक साधारण सभामा नेफ्सकुनका कार्य समिति सदस्य एवं साहारा महिल बचत तथा ऋण सहकारी संस्था धादिङकी अध्यक्ष पार्वती खांड राई ,जिल्ला बचत संघका गंगादत्त तिमि_िल्सना, श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज शर्मा लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको अवसरमा सहकारी संस्थाका असल ऋणि शेयर सदस्यहरु १९ जनालाई सम्मान गरिएको छ । यसैगरी प्रवेशीका परिक्षा २०६६ मा संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक ल्याउने सन्तोष श्रेष्ठ र युनिक लोहनीलाई जनही १ हजार १ रुपैयां नगद र प्रशंसा पत्र दिएर सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ट अंक ल्याई प्रवेशीका परिक्षा उत्र्तिण गर्ने अन्य शेयर सदस्यका छोराछोरी मध्ये १५ जनालाई पनि सम्मान पत्र दिएर सम्मान गरिएको छ । कार्यक्रममा संस्थाका महासचिव रामलाल श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ५ सय ५३ जना शेयर सदस्य र सय जना बाल बचत सदस्य रहेका भैरवि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका विचमा यही पुष १२ गतेसम्ममा १ करोड ७६ लाख ९१ हजार ६ सय ३४ रुपैंया लगानी गरेको र आर्थिक वर्ष २०६६/०६७ असार मसान्तसम्म सम्पूर्ण खर्च कटाई १३ लाख ६७ हजार १ सय ३५ रुपैंया नाफा आर्जन गरी यस बर्ष ५८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको कार्यक्रममा संस्थाका अध्यक्ष इश्वर कुमार श्रेष्ठले बताउनुभयो । नवौं बार्षिक साधारण सभाले नयां कार्य समितिको चयन गर्ने सहकारीले जनाएको छ



No comments:
Post a Comment