Tuesday, December 28, 2010

अम्लेश्वर महादेवको मन्दिर नजिकै नयां मुर्ति फेला पर् यो

बैरेनी / ऐतिाहासिक एवम धार्मिक महत्व बोकेको धादिङको बैरेनी गाउं विकास समितिको वडा नम्वर ९ महेशदोभानको अम्लेश्वर महादेवको मन्दिर नजिकै नयां मुर्ति फेला परेको छ ।
मन्दिर क्षेत्र वरिपरि डोजरको सहायतामा  माटो सम्याउने क्रममा हात्तीको आकृत्ति भएको नयां मुर्ति भेटिएपछि उक्त मुर्ति हेर्न आउनेको अहिले मन्दिरमा भिड लाग्ने गरेको छ । मन्दिर क्षेत्रमा नया मुर्ति भेटिएपछि भेटिएकै ठाउंमा सो मुर्ति राखिने भएको छ । यसैबिच अम्लेश्वर व्वाइज क्लवको पहलमा स्थानीय वासिन्दा र क्लवका सदस्यहरुले  अम्लेश्वर महादेव मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।

No comments:

Post a Comment

vfhcnbn

vggc