सेर्तुङ/ गाउँ विकास समिति वडा नम्वर ४ चालिसेमा साचालित तमुहरुको विविध कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । तमु संस्कृतिको जगेर्ना गर्दै तमु समाजको महत्व र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले पुष १४ गतेदेखि साचालन भएको विविध कार्यक्रम आज सम्पन्न भएको हो ।
तमु मुक्ति मोर्चा चालिसे स्थानीय आमा समुह र राइनेपाल समाजसेवी क्लवको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । तमु मुक्ति मोर्चा चालिसेका अध्यक्ष बमहादुर गुरुङको अध्यक्षता भएका कार्यक्रममा कन्यादेवी प्राथमिक विद्यालय सेर्तुङका प्रधानाध्यापक काजीबाबु लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । तमुहरुले मान्दै आएको बाघ वर्ष सन् २०१० को विदाई र विरालो वर्गको नयाँ वर्षको शुरुवातमा आयोजना गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा आमा समूहका सदस्य आनन्दिमायाँ घले राई नेपाल समाजका उपाध्यक्ष अमर गुरुङ लगायतले बोल्नु भएको थियो ।

No comments:
Post a Comment