Friday, December 31, 2010

लागु औषध दुव्यस्रन बिरुद्ध सचेतना कार्यक्रम

किरान्चोक/ गाउंबस्तिलाई कुलत तथा लागु औषध मुक्त क्षेत्र घोषणा गर्ने उद्धेश्यले दिगो समुह नेपालको आयोजना तथा नेपाल सरकार गृहमन्त्रालय लागु औषध नियन्त्रण कार्यक्रमको सहयोगमा किरान्चोक गाउं विकास समितिमा लागु औषध दुव्यस्रन बिरुद्ध सचेतना कार्यक्रम शुरु गरिएको छ ।
किरान्च्ााेक उच्च माध्यमिक बिद्यालय पर्वाङमा संचालित दुई दिने तालिम दिगो समुह नेपालका अध्यक्ष खिलानाथ लुईटेलको अध्यक्षतामा शुरु भएको हो । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । तालिम उद्घाटन कार्यक्रममा किरान्चोक उच्च माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज अधिकारी डोलभन्ज्याङ मावि पिडाका प्रधानाध्यापक इश्वरीप्रसाद ढुङगाना व्यवसायिक तथा सिप विकास तालिम केन्द्रका प्रशिक्षकहरु हरीप्रसाद अर्याल ,राममाया ढुङगाना ,किरान्च्ााेक उच्च माविका प्रधानाध्यापक सकुन्तला बराल, शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता अर्जुन न्यौपाने लगायतको आतिथ्य रहेको थियो । दुई दिन सम्म चल्ने तालिममा बिद्यार्थी शिक्षक स्थानीय युवाहरुको सहभागिता रहेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc