Monday, December 27, 2010

रेशमखेतीतर्फ आकर्षित हुंदैछन् धादिङका किसान

एकराज पाठक
धादिङ (रासस)/धादिङ जिल्लाका केही गाविसका किसान विगत केही समयदेखि रेशमखेतीतर्फ निकै आकर्षित भएका छन् । निकै कम लगानी र कम जोखिममा नै राम्रो आयआर्जन गर्न सकिने भएपछि उनिहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
रेशम जातको कीरा पाल्ने र त्यसलाई किम्वुका पात खुवाएर उत्पादन हुने कोयावाट धागो निकाल्ने गरिन्छ । धागो उत्पादनको राम्रो कच्च्ाापदार्थका रुपमारहने यस्तो कोयाका लागि किसानहरुले कीरापालन र उसको खानाका रुपमा प्रयोग हुने किम्बुखेतीका लागि अनुदान पाउने गर्दछन । करिब १३ बर्ष धादिङको धुनीबेसीमा रेशमखेती विकास कार्यक्रम सुरु गरिएको थियो ।सो आयोजना अन्र्तगत हाल जिल्लाका विभिन्न सात गाविसका चार सय पचास घरधुरी रेशमखेतीमा संलग्न छन । तीमध्ये राम्रै गर्नेले बर्षमा डेढ लाख रुपियांसम्म आम्दानी गर्ने गरेको रेशमखेती विकास कार्यालयका संरक्षण अधिकृत निलेश कुबंर वताउनुहुन्छ ।
कृषकले प्रतिवाकस कीरा २५ रुपियांमा प्राप्त गर्छन सो कार्यक्रम मार्फत न्यूनतम उक्त मूल्यमा वितरण गर्ने गरिएको एक बाकसमा २० हजार कीरा हुन्छन ।यो एक बाकस कीरावाट सामान्यतया २० देखि २५ किलोसम्म कोया पैदा हुन्छ र प्रतिकिलो कोयाको मुल्य दुई सय १२ रुपियां पर्दछ ।
व्यवसायिक कीट विकास निर्देशनालय हरिहर भवन अन्र्तगत धुनिवेसीमा साचालित सो कार्यक्रमबाट बीजका रुपमा प्राप्त कीरालाई काठबाट निर्मित टाँडमा राखिन्छ र किम्बुको पात खुवाइन्छ । यसरी टाँडमा कीरा राखिएको ३० देखि ३५ दिनमा कोया पैदा हुन्छ ।धागोको कच्चापदार्थका रुपमा रहेको उक्त कोयालाई सोही कार्यक्रम एवम् निजी क्षेत्र समेतले खरिद गर्ने गर्दछन ।
कीरालाई रोग नलाग्ने र पुतली नपार्दै कोया झिक्न पाएमा यसरी उत्पादन हुने प्रति कोयावाट करिब एकहजार दुई सय मिटरसम्म धागो उत्पादन हुन्छ । यहाँका किसानहरुद्धारा यिनै कोयामात्र खरिद गरिन्छ र धागो निकाल्ने मेसिन यहाँ नरहेकाले इटहरी तथा अन्य ठाउँमा लग्ने गरिएको कार्यालयका संरक्षण अधिकृत  कुबंरले  वताउनुभयो । कीरालाई आवश्यक पर्ने तापक्रम र किम्बुखेतीको अनुकूलता हेरी बर्षमा चार पटक सम्म पाल्न सकिने यस्ता कीराबाट निम्न आय भएका र जग्गाजमिन नभएका किसानहरु पनि लाभान्वित भएका छन । कीरा पाल्ने पात खुवाउनेसुख्खा घरमा कीरा राख्ने लगायतका बिषयमा जापानी सहयोगी संस्था जाईकाले तालिम लगायतका प्राविधिक सहयोग उपलव्ध गराउंदै आएको छ । सो खेती परिचालन र आवश्यक प्राविधिक सहयोगका लागि जाईकाले स्वयमसेवी समेत खटाएको बताँउदै जाईका अल्मुनाई एशोसिएशन नेपालका उपाध्यक्ष डिल्लीराज शाक्यले किसानका आकर्षण र उनीहरुको आवश्यकता अनुरुप जाईकाले प्राविधिक सहयोग पुर् याउने जानकारी दिनुभयो ।
नलाङ गाविस वडा नम्वर ६ बस्ने ६३ बर्षिया चुकुनी लामालाई भने रेशमखेती आयआर्जनको प्रमुख श्रोत बनेको छ । घर परिवार धान्ने आफ्नो जग्गाजमिन नभएकि उहां भन्नुहुन्छ- कीरा पालेर कोया निकाल्ने मेरो खेती नै भएको छ यसबाट राम्रैसँग घर खर्च चलेको छ । कीरा पाल्ने घर निर्माणका लागि आफ्नो जग्गाको लालपुर्जा राखेर ३० हजार रुपियाँ ऋण लिएर कीरा पाल्न सुरु गर्नुभएकी उहाँले सोही बर्ष ऋण तिर्नुभएको थियो । उहाँले कीरा पाल्न थालेको आठ बर्ष जति भयो । सोही ठाउँकी मैतीदेवी लामाले पनिु गत १० बर्षदेखि कीरापालनलाई मुख्य स्रोत बनाउँदै आउनुभएको छ ।प्रशस्तमात्रामा खेतीपाती नभएकाले यसैबाट खर्च चलाउंछौं र छोराछोरीलाई स्कुल पठाउने आदि काम गर्न सकेका छौं उहांले वताउनुभयो । उक्त खेती निरीक्षणमा आएका जाईकाका प्रतिनिधिसँग उहाँले भन्नुभयो - किसानलाई अझै सुविधा दिई ठुलो संङख्यामा उनीहरुलाई संलग्न गराउनेतर्फ जाईकाले सहयोग पुर् याईदिनुपर् यो । परम्परागत खेतीभन्दा यसबाट मनग्गे आम्दानी हुनेहुंदा आंफुहरु यसतर्फ आकर्षित भएको भएपनि किम्बु खेतीका लागि आवश्यक बिरुवासिँचाइ तथा कीरापालन घर र सुख्खा केन्द्रहरुको निर्माणमा किसानलाई आवश्यक सहयोग एवम् उचित ज्ञानका लागि तालिम आवश्यक रहेको नलाङका किसान डिल्लीप्रसाद तिमि_िल्सीना बताउनुहुन्छ ।
परम्परागत ढंङ्गले अन्नको खेतीलाई मात्र खेतीका रुपमा लिई त्यसैमा मात्र जग्गाजमिन एवम् जनशक्ति खर्चिने नेपाली मानसिकतामा परिवर्तन ल्याउन थोरै लगानी एवम् जमिनमा पनि सम्भव हुने यस्तै आयआर्जनका उपाय अवलम्बन गर्नसके किसानहरु बढी लाभान्वित हुने विश्वास गरिएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc