Sunday, December 26, 2010

स्वास्थ्य क्षेत्रको पाँच वर्षे आवधिक योजना बनाईने

सल्यानटार /जिल्ला स्वास्थ्य कार्यालय धादिङले  स्वास्थ्य क्षेत्रको ५ वर्षे आवधिक योजना बनाएर स्वास्थ्य क्षेत्रको बिकासका  लागि  काम गर्ने भएको छ । यसैक्रममा आइतबार   सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच बर्षे आवधिक योजनाका लागि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको  छ ।
८ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुसंग योजना निर्माणका विषयमा छलफल गर्न गोष्ठि आयोजना गरिएको हो । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य लेखनाथ बुर्लाकोटीको अध्यक्षतामा भएको गोष्ठिका सहभागिहरुले स्थानीय स्तरका स्वास्थ्य समस्या र त्यसका लागि प्रभावकारी कार्यक्रमहरु योजनामा समावेश गर्न सुझाव दिएका थिए । स्वास्थ्यमा सर्वसुलभ सेवा उपलव्ध गराउने गराउने राज्यको नीति भए पनि स्थानीय नागरिकले त्यसको अनुभूति गर्न नपाएको गुनासो पनि सहभागिहरुले गरेका थिए । सल्यानटार गोष्ठिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख डाक्टर बालकृष्ण सुवेदी जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जन स्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेल र योजना निर्माण सहजकर्ता विनोद ढकालको सहभागिता रहेको सल्यानटारबाट विनिता श्रेष्ठले जानकारि दिनुभयो । 

No comments:

Post a Comment

vfhcnbn

vggc