खहरे/ त्रिपुरेश्वर गाउँ विकास समितिमा गठन भएको कृषि वन तथा वातावरण समितिका पदाधिकारीहरुको लागि भएको क्षमता विकास तालीम सोमबार सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको आयोजनामा संचालनभएको तालिममा कृषि वन तथा वातावरण समितिका पदाधिकारीहरु लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायत २२ जनाको उपस्थिति रहेको थियो ।
तालीममा कृषि वन तथा वातावरण समितिका कानुनी मान्यता समितिको आवश्यकता र महत्व समितिको विनियम लगायतका बिषयमा छलफल गरिएको थियो । तालिममा जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रमान श्रेष्ठ कृषि प्रसार अधिकृत चक्रपाणी पन्थी र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो । तालिम पछि कृषि वन तथा वातावरण समितिलाई ५० हजार रुपैयाँ जोडकोष पनि उपलव्ध गराइएको छ

No comments:
Post a Comment