पुस १२, राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदको नियमित अधिवेशन आउँदो २५ गते आह्वान गर्नुहुने भएको छ । दलहरुको सहमतिमा सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति यादवले आउँदो २५ गते अपरान्ह ४ बजे नियमित अधिवेशन आह्वान गर्नु भएको हो ।
आज साँझ प्रधानमन्त्रि र राष्ट्रपती बीच भएको छलफलमा पुस २५ गते नियमित अधिवेशन बोलाउन प्रधानमन्त्रिले राष्ट्रपति समक्ष सिफारीस गर्नु भएको राष्ट्रपतीका स्वकीय सचिव ललितबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सत्तारुढ दलहरुको सहमतिअनुसार हिजो बसेको मन्त्रिपरिषद बैठकले जनसेना विशेष समिति मातहतमा नआएसम्म संसदको नियमित अधिवेशन नबोलाउने निर्णय गरेपछि माओवादी र सत्तारुढ दलहरुबीचको दुरी बढेको थियो । माओवादीले सरकारले नियमित अधिवेसनका लागि शर्त अघि सारेको भए त्यसको कडा मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिएको थियो । यसअघि गत विहीबार एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त बैठकमा सरकारले अविलम्ब नियमित अधिवेशन बोलाउने सहमति भएपछि माओवादीले विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिएको थियो ।
आज साँझ प्रधानमन्त्रि र राष्ट्रपती बीच भएको छलफलमा पुस २५ गते नियमित अधिवेशन बोलाउन प्रधानमन्त्रिले राष्ट्रपति समक्ष सिफारीस गर्नु भएको राष्ट्रपतीका स्वकीय सचिव ललितबहादुर बस्नेतले जानकारी दिनुभयो ।

No comments:
Post a Comment