Tuesday, December 28, 2010

पाचकन्यामा अनेरास्ववियुको प्रारम्भिक कमिटी

खाल्टे /खाल्टे गाउं विकास समितिको पाचकन्या माध्यमिक बिद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको गठन गरिएको छ । बिदालयमा आज सम्पन्न अनेरास्ववियु समर्थित बिद्यार्थीहरुको भेलाले अर्जुन श्रैष्ठको अध्यक्षतामा १५ सदस्यिय प्रारम्भिक कमिटीको गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा दिपक नेपाल ,सचिवमा बाबुराम श्रेष्ठ ,सह सचिवमा नवराज गुरुङ र कोषाध्यक्षमा तारा ढुङगाना रहनुभएको छ । बिद्यार्थीहरुको भेलामा नेकपा एमाले खाल्टे गाउं कमिटीका अध्यक्ष यमबहादुर मगर र युवा संघ नेपाल धादिङ जिल्ला कमिटीका सदस्य दिपक खतिवडा  जिल्ला विकास समितिका पुर्व सदस्य गोविन्द रिजाल लगायतको आतिथ्य रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc