मुरलीभन्ज्याङ /प्लाष्टिक जन्य सामागीबाट समुदायलाई हुने हानी नोक्सानी न्युनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले मुरलीभन्ज्याङ गाउं विकास समितिको वडा नम्वर ५ पाल्पामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
शान्ति नेपालको सहयोगमा आमा समुहले आयोजना गरेको सरसफाई कार्यक्रममा प्लाष्टिक जन्य फोहोर संकलन गर्नुका साथै जलाउन मिल्ने फोहोर जलाएर नष्ट गरिएको थियो । मुरलीभन्ज्याङ गाविसको सम्पूर्ण गाउंवस्तिलाई नमुना सरसफाई गाउंको रुपमा विकास गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानका साथ घर घरमा शौचालय निर्माणमा सहयोग गरिरहेको शान्ति नेपाल र आमा समुहले समुदायमा जनचेतना जगाउन सरसफाई कार्यक्रम आयोजना गरेको र ५ नम्वर वडाका दुई सय ५० घरलाई छिट्टै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको मुरलीभन्ज्याङबाट अश्विन लम्सालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment