Tuesday, December 28, 2010

जिप पल्टिदा छ जना घाइते

धादिङबेसी /जिल्लाको नीलकण्ठ गाउँ विकास समितिको चिसापानीबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै गरेको यात्रुवाहक जिप पल्टिदा छ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।
नीलकण्ठ गाउँ विकास समितिको वडा नम्बर ८ चिसापानीबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै गरेको ग १ च ६२९१ नम्बरको जीप नीलकण्ठ गाउँ विकास समितिको वडा नम्बर ९ जुंगेधारा भन्ने ठाउँमा पल्टिदा ६ जना घाइते भएका हुन् । मंगलवार  विहान ९ः४५ बजे भएको सो दुर्घटनामा परि जिपका धनी केमबहादुर तामाङका साथै जिपमा सवार डम्बरबहादुर गुरुङ ,सुनिल तामाङ ,सर्मिला तामाङ ,टेकबहादुर गुरुङ र ठण्डबहादुर गुरुङ घाइते हुनुभएको हो । घाइतेमध्ये जिपका धनी केमबहादुर तामाङको अवस्था चिन्ता जनक रहेको छ । घाइतेहरु सबैको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc