Tuesday, December 28, 2010

चरिदादा बाट मलेखुमा आफ्नो प्रतिभा प्रदर्शन

मलेखु/ विभिन्न प्रजातीका चराहरुको आवाज नक्कल गरेर चर्चित बन्न सफल हुनुभएका मकवानपुर जिल्ला घर भएका चरीदादा अर्थात गौतमप्रसाद सापकोटाले मंगलबार  वेनिघाट गाउं विकास समितिको वडा नम्वर १ रिचोकटारमा आफ्नो प्रतिभा प्रदर्शन गर्नुभएको छ ।
रिचोकटारको वागेश्वरी उच्च माध्यमिक बिद्यालयमा भएको उक्त कार्यक्रममा गौतमले विभिन्न प्रजातीका चरा र जनावरहरुको आवाज निकालेर मनोरन्जन दिनुभएको थियो । बिद्यार्थीलाई नेपालमा पाइने विभिन्न्ा चराका वारेमा जानकारी दिई चरा संरक्षण अभियानमा आकर्षण गराउने उद्धेश्यले आंफुले देशका बिभिन्न्ा स्थानमा गएर यस्तो प्रदर्शन गर्ने गरेको चरिदादा गौतम सापकोटाले वताउनुभउको मलेखुबाट रोशन त्रिपाठीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc