Tuesday, December 28, 2010

जिफन्ट धादिङको संयुक्त भेला

नौविसे/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धादिङ पृथ्वीराजमार्ग ईकाई धार्के र नेपाल ट्रेड युनियन महासंघ  जिफन्ट धादिङको संयुक्त भेला सोमवार नौविसे गाउं विकास समितिको वडा नम्वर १ धार्केमा सम्पन्न भएको छ ।
शुरेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल ट्रेड युनियन महासँघ  जिफन्टका राष्ट्रिय कमिटी सदस्य तुलसी शिवाकोटी रहनुभएको थियो । भेलामा नेपाल केमिकल आइरन युनियनका केन्द्रिय सदस्य भैरव पाठक ,नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य नेत्रराज पौडेल, गोकर्ण रुपाखेती ,अखिल नेपाल किसान महासंघ धादिङका अध्यक्ष शंकर तामाङ ,बिद्यार्थी नेता रमेश आचार्य र नेकपा एमाले नौविसे गाउं कमिटीका अध्यक्ष रामराजा पाण्डे लगायतको आतिथ्य रहेको थियो । भेलाले जिफन्ट धादिङको जिल्ला अधिबेशन आगामी फागुन १४ गते धार्केमा आयोजना गर्ने निर्णय समेत गरेको छ । यसै गरी अधिवेशन सम्पन्न गर्न १५ सदस्यिय आर्थिक कमिटी र १५ सदस्यिय प्रचार प्रसार समितिको पनि गठन गरिएको वताईएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc