Tuesday, December 28, 2010

बन बिनाशमा संलग्न समातिए

खरी /साुमदायिक वन समुहको स्विकृत वेगर अवैध रुपमा रुख कटान गरी वेच विखन गरेको आरोपमा जिल्लाको खरी गाउं विकास समितिका स्थानीय बासिन्दाले  चार जनालाई नियन्त्रणमा लिएर जरिवाना गराएका छन ।
स्थानीय स्तरमा कृयाशिल रहंदै आईरहेको युवा जनजागरण मानवअधिकार शिक्षा क्लव  युवा जनजागरण रिलेक र खरी धुसेनी समाजको अगुवाईमा खरी गाविसको आमडांडा सामुदायिक वन समुह भित्र विना इजाजत पवेश गरी रुख काटदै गरेको आरोपमा धुसेनीका भवनाथ तिमिल्सीनाका साथै मैदी गाविसका दिनेश तिवारी बाबुराम सिलवाल र एकनारायण श्रेष्ठलाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिई जरिवाना गराएर छाडेका हुन । विना इजाजत सामुदायिक बन भित्र प्रवेश गरि रुख काटदै गरेका मैदी गाविसका अन्य तीन जना भने समुदायको नियन्त्रणबाट भागेकाले उनिहरुको भने खोजि भईरहेको युवा जनजागरण रिलेकले जनाएको छ । समुदायको नियन्त्रणमा रहेकाहरुमध्ये भवनाथ तिमिल्सीना र दिनेश तिवारीलाई वन समुहका अध्यक्ष मिनवाहदुर भण्डारीको उपस्थितीमा उनिहरुवाट भएको विगो अनुसार २५/२५ हजारका दरले जरिवाना लगाईएको आमडांडा सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ । आगामी दिनमा गैर कानुनि ढंगवाट वन षेत्र भित्र प्रवेश गरी अवैध कार्य गर्न हतोत्साही गराउने उद्धेश्यले सामुदायिक वनको विधान र कार्ययोजनाले दिएको अधिकार भित्र रहि जरिवाना तोकिएको समुहका अध्यक्ष मिनबहादुर भण्डारीले वताउनुभएको खरीबाट रमेश आचार्यले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc