Tuesday, December 28, 2010

स्वास्थ्य कार्यालयको पांच बर्षे आवधिक योजना

धादिङ /जिल्ला स्वास्थ्य कार्यालय धादिङको ५ बर्षे आवधिक योजना तर्जुमा गोष्टी सोमवार  धादिङबेशीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको व्यबस्थापन समितिका अध्यक्ष ईन्चार्ज र महिला सदस्यहरु समेत गरी २५ जनाको सहभागीता रहेको थियो ।
खाल्टे उप स्वास्थयचौकी ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुङ्कानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख भोगेन्द्रराज डोटेलले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानयि स्तरको समस्याको पहिचान गर्नुपर्ने कार्यको प्राथमिकिकरण सम्भाव्य श्रोतको पहिचान दातृनिकायको पहिचान लगायत विषयमा छलफल गरिएको थियो। योजना तर्जुमा कार्यमा सेवाग्राहीको सहभागीता गराउने उद्देश्यले साचालन गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर बालकृष्ण सुवेदी, विनोद ढकाल ,जिटिजेडका देवप्रसाद ओझा र जिल्ला स्वास्थय कार्यालयका अहेव विष्णु रिजालले कार्यक्रमको विषयबस्तुमाथी जानकारी गराउनुभएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc