Sunday, December 26, 2010

सल्यानटारमा कृषि वन तथा वातावरण समिति गठनका लागि छलफल

सल्यानटार/ सल्यानटार गाउँ विकास समितिमा कृषि वन तथा वातावरण समिति गठनका लागि आईतबार  सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । ग्रामीण आपसी विकास धादिङको आयोजना तथा सल्यानटार गाविसको व्यवस्थापनमा भएको तालिममा स्थानीय राजनैतिक दलका पदाधिकारीहरु अगुवा किसानहरु कृषिसंग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिहरु गाविस सचिव नारायण कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गोष्ठिमा कृषि वन तथा वातावरण समितिका कानुनी मान्यता गाविसमा यस प्रकारको समितिको आवश्यकता र महत्व समितिको विनियम लगाएतका बिषयमा छलफल भएको थियो । गाविस सचिव श्रेष्ठको अध्यक्षतामा भएको भेलामा ग्रामीण आपसी विकास धादिङका कार्यकारी संयोजक शेरबहादुर भण्डारीले विषय वस्तुबारे जानकारी गराउनु भएको सल्यानटारबाट विनिता श्रेष्ठले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc