Saturday, January 1, 2011

गाउंँ गाउंमा एकल महिला संगठित

बुथाथुम/ रातो पहिरन लगाउन पाउनु महिलाहरुको अधिकार हो यसलाई कुनै धर्म विशेषले छेक्दैन भन्दै धादिङ जिल्लाको उत्तरी भेगको बिकटमा रहेको  बुढाथुममा शुक्रवार  सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
एकल महिलाहरुलाई समाजले घृणा गर्ने गरेको बाल्यकालदेखि लगाउँदै आएको रातो पहिरनलाई बहिस्कृत गर्ने गरेकोमा अब यसलाई महिलाको स्वईच्छा अनुसार प्रयोग गर्नु कार्यक्रममा सहभागिहरुसंग अनुरोध गरिएको छ । मानव अधिकारका  लागि एकल महिला समूह गाउँ कार्य समिति बुढाथमको आयोजनामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मायादेवी शर्मा उपाध्यक्ष बसन्त िसंखडा र महासचिव कल्पना अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागि एकल महिलाहरुलाई अध्यक्ष शर्माले रातो टिका लगाएर स्वागत गरेकि थिइन । कार्यक्रम जेष्ठ एकल महिला मिनकुमारी पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । समुदायमा आफ्नो अधिकार लिन आफैं जागरुक हुनु पर्ने भन्दै समूहले यस अघि जिल्लाको जोगिमारा बेनिघाट गजुरी पिडा बैरेनी र सल्यानटार गाउँ विकास समितिमा पनि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc