Saturday, January 29, 2011

जनजागृत्त बहुउद्धेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा

चरौंदी /धुषा गाउं विकास समितिको वडा नम्बर १ मा रहेको जनजागृत्त बहुउद्धेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा शनिबार  सम्पन्न भएको छ ।
सहकारी सस्थाका अध्यक्ष मतिप्रसाद करुवालको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय अध्यक्ष मिनराज कंडेल रहनुभएको थियो । कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद त्रिपाठीजनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तोयाराज त्रिपाठी लगायतको आतिथ्य रहेको थियो । साधारण सभामा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद सिलवालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ३१ जना शेयर सदस्यबाट तीनबर्ष अघि सेवा शुरु गरेको सहकारी संस्थामा हाल तीन सय ९१ जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी गराईएको थियो । संस्थाले यो बर्ष ३ लाख ७० हजार दुई सय ६० रुपैया आम्दानी  गर्नुका साथै २६ लाख ९ हजार नौ सय ९६ रुपैया खर्च गरेको आर्थिक प्रतिबेदनमा वताईएको थियो । साधारण सभाको अवसर पारेर संस्थालेु जेष्ठ नागरिकहरु घननाथ सिलवाल र हरीमाया सिलवाललाई प्रमुख अतिथीबाट सम्म्ाान गरिएको थियो ।  साधारण सभाले श्रीराम थपलियाको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको पनि चयन गरेको छ । नवगठित संचालक समितिको उपाध्यक्षमा मैयादेवी थपलिया सचिवमा रमेशप्रसाद छत्कुली सहसचिवमा रोशनकुमार सिलवाल र कोषाध्यक्षमा कृष्णराज सिलावल रहनुभएको  चरौदीबाट शान्ति छत्कुलीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc