जोगिमारा /गाउं विकास समितिको वडा नम्बर १ खोरभन्ज्याङमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयको ५३ औं बार्षिक दिबस माघ १५ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरी अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी रोटरी क्लव रत्ननगर चितवनका अध्यक्ष जगन्नाथ अधिकारी रहनुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष खेमराज डल्ल्ााकोटी जिल्ला बाल कल्याण अधिकृत एवम सोही बिद्यालयका पुर्व बिद्यार्थी हरीप्रसाद उप्रेती पुर्व बिद्यार्थीका संयोजक बिनेशप्रसाद अधिकारी मनमोहन मेमोरियल कलेजका प्राध्यापक भोलानाथ डल्लाकोटी का साथै विभिन्न संघ संस्थाका प्रतिनिधी र छिमेकी बिद्यालयका प्रधानाध्यापकहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विराटप्रसाद अधिकारी र सहायक प्रधानाध्यापक रामप्रसाद मरहठ्ठाले शैक्षिक प्रतिवेदन र विबद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अधिकारीले आर्थिक बर्ष ०६६/६७ को २७ लाख ९३ हजार ९ रपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै २०६६ सालको खेलकुद तथा शैक्षिक पुरस्कार वितरण समेत गरिएको थियो । यसै गरी बिद्यालयलाई माध्यमिक कक्षा साचालनका लागि उत्कृष्ठ चन्दा प्रदान गर्ने व्यक्तिहरुका साथै बिद्यालयलाई लामो समयसम्म सहयोग गर्नुहुने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरी अर्याललाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्म्ाान गर्नुका साथै बिद्यालयमा लामो समयदेखि सेवा गर्दै आईरहनु भएका शिक्षकहरुलाई पनि दोसल्ला ओढाएर सम्म्ाान गरिएको जोगिमाराबाट गणेश अर्यालले जानकारी दिनुभयो ।



No comments:
Post a Comment