धादिङबेसी/ धादिङ आवासिय उच्च माध्यमिक बिद्यालयको आयोजनामा बिद्यार्थीहरका बिच खेलकुद प्रतियोगिता माघ १५ गते धादिङबेसीमा सम्पन्न भएको छ ।
बिद्यालयका पि्र_िन्सपल हरी लम्सालको अध्यक्षतामा भएको खेलकुद कार्यक्रमको प्रमुख अतिथी नीलकण्ठ क्याम्पसका प्रमुख एवम नीलकण्ठ श्रोत केन्द्रका श्रोत व्यक्ति भुपेन्द्रकुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख बसन्तबहादुर कुंबर बिद्यालयका निर्देशक कृष्णप्रसाद दहाल नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम बर्मा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी र अतिथीहरुका बिचमा दौड प्रतियोगिताको आयोजना गरी खेलकुद प्रतियोगिताको उदघाटन गरिएको थियो ।



No comments:
Post a Comment