Saturday, January 29, 2011

गाउं परिषदका लागि योजना छनौट

कल्लेरी/ गाउं परिषदमा पेश गर्नका लागि वडा तहबाट योजना तर्जुमा गर्ने उद्धेश्यले कल्ल्ोरी गाउं विकास समितिको वडा नम्बर ४ र ५ को वडा भेला माघ १५ गते  सम्पन्न भएको छ । कल्ल्ोरी गाविसको वडा नम्बर ४ को बरभन्ज्याङ र वडा नम्बर ५ को भिमसेनस्थानमा भएको छुट्टाछुट्टै भेलाले वडा तहबाट लैजानुपर्ने योजनाहरुको छलफल गरेको हो ।
चार नम्बर वडाको भेलालाई एकिकृत नेकपा माओवादीका होमबहादुर नेपाली नेपाली कांग्रेसका मिठु अर्घौले मगर र नेकपा एमालेका खिलबहादुर लामिछाने लगायतले सम्वोधन गर्नुभएको थियो ।  वडा भेलाले वडा नम्बर ४ को लागि बिद्युत्तिकरणको लागि चार लाखबरभन्ज्याङ कोसीखोला सडक निर्माणका लागि ३ लाख रक्तबच्छला निमावि केउरिनीको भवन निर्माणका लागि तीन लाख कल्लेरी माविको लागि एक लाख पचास हजार  खानेपानी योजनाहरुका लागि तीन लाख र अन्य कामका लागि एक लाख ५० हजार माग गर्ने निर्णय गरेको छ । यसै गरी ५ नम्बर वडामा भएको भेलालाई एकिकृत नेकपा माओवादीका रामप्रसाद अधिकारी  नेपाली कांग्रेसका गंगादत्त ढुङगाना र नेकपा एमालेका एसमान श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । पांच नम्बरको भेलाले पनि बिद्युत्तिकरणका लागि तीन लाख कल्लेरीमा बिद्यालयको भौतिक सुधारका लागि एक लाख पचास हजार बरभन्ज्याङ तोरीखर्क सडक निर्माणका लागि दुई लाख र अन्य शिर्षकमा ५० हजार माग गर्ने निर्णय गरेको कल्लेरीबाट बिष्णु ढुङगानाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc