गुम्दी/ नेपाल शिक्षक संघ धादिङको एक नम्बर क्षेत्रिय समन्वय समितिको भेला माघ १५ गते सम्पन्न भएको छ ।
समन्वय समितिका अध्यक्ष देवीप्रसाद कंडेलको अध्यक्षतामा गुम्दी गाविसको नमुना प्राथमिक बिद्यालयमा सम्पन्न भेलामा नेपाल शिक्षक संघ राष्ट्रिय समितिका सदस्य हरीराम बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । यसै गरी भेलामा नेपाली कांग्रेसका नेता बाशु तिमिल्सीना नेपाल शिक्षक संघ धादिङका अध्यक्ष दिपक सिम्खडा नेपाल शिक्षक युनियन धादिङका अध्यक्ष धु्रवप्रसाद रिजालनेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर एकका क्षेत्रिय सभापती राजु पाखि्रन लगायतको आतिथ्य रहेको थियो । भेलाले बमबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यिय नेपाल शिक्षक संघ एक नम्बर क्षेत्रिय समन्वय समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा ज्ञानु खांड सचिवमा राजन धमला सह सचिवमा सीता लामीछाने र कोषाध्यक्षमा इश्वर सिटौला रहनुभएको गुम्दीबाट शिवहरी अधिकारीले जानकारी दिनुभयो ।



No comments:
Post a Comment