साङकोष /साङकोष गाउ बिकास समितिको वडा नम्वर ३ का विभिन्न्न गाउं बस्तिलाई लक्षित गरी संचालनमा रहेको पशुपतीडांडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पुर्नगठन गरिएको छ । अबरुद्ध रहेको खानेपानी योजना संचालनमा सघाउ पुर् याउने उद्धेश्यले माघ १५गते सम्पन्न स्थानीय उपभोक्ताहरुको आम भेलाले नवराज लम्सालको संयोजकत्वमा ११ सदस्यिय उपभोक्ता समितिको चयन गरेको हो । पुर्नगठित उपभोक्ता समितिको उपाध्यक्षमा डिलबहादुर तामाङ सचिवमा जयराम भण्डारी र कोषाध्यक्षमा बद्रीप्रसाद लम्साल रहनुभएको छ । यसै गरी भेलाले नारायण भण्डारी कृष्ण ढकाल र नवराज लम्साल रहेको तीन सदस्यिय विधान मस्यौदा समितिको पनि चयन गरेको छ ।



No comments:
Post a Comment