पिडा /गाउं विकास समितिको वडा नम्बर ३ मा रहेको भानुभक्त माध्यमिक बिद्यालयमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यालयमा रहेको भानुभक्त बाल क्लव र प्रयास नेपालको संंयुक्त आयोजनामा आज प्राथमिक तह स्तरिय चम्चा गुच्चा खेल र ६ कक्षा देखि नौ कक्षाका बिद्यार्थीका बिच हाजीरीवजाफ प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम बिद्यालयका प्रधानाध्यापक रन्जनकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न्ा भएको हो । यसै गरी सदरमुकाम धादिङबेसीमा रहेको धादिङ आवासीय उच्च माध्यमिक बिद्यालयमा संचालित खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ । बिद्यार्थीहरुमा पढाईका अतिरिक्त खेलकुदप्रति आकर्षित गराउने उद्धेश्यले आयोजना गरिएको साताव्यापी खेलकुद कार्यक्रममा विभिन्न प्रकारका खेलहरुको आयोजना गरिएको थियो । माघ १८ गते देखि शुरु भएको खेलकुद कार्यक्रम बिद्यालयका खेलकुद संयोजक नन्दु घले र इन्चार्ज अभिषेक बसौलाको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रमका विजयी बिद्यार्थिहरुलाई बिद्यालयको स्थापना दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने वताईएको छ ।



No comments:
Post a Comment