सेमजोङ/ सेमजोङ युवा समाज द्धारा गएको पुस पांच गते सल्यानटारमा आयोजित आंखा शिविरमा मोतियाबिन्दुको शल्यकि्रया गराएका विरामीहरुको अवस्था निरिक्षण शिविर सम्पन्न भएको छ ।
धादिङ सामुदायिक आंखा केन्द्रका सहायक धिरज अधिकारी र फिल्ड सुपरभाइजर महिन्दो समनेरा बलबहादुर तामाङलेृ आज बिरामीहरुको पछिल्ल्ााे अवस्थाको निरिक्षण गर्नुभएको हो । शिविरमा सेमजोङ गाविसका साथै नुवाकोट जिल्लाको सामरी गाविसका मोतियाविन्दुको शल्यकि्रया गराएका विरामीहरुको सहभागिता रहेको थियो । सेमजोङ युवा समाजका अध्यक्ष काजीमान तामाङको अध्यक्षतामा भएको निरिक्षण शिविरमा समाजसेवी टेकजंग लामाको उपस्थिती रहेको थियो ।



No comments:
Post a Comment