Saturday, January 29, 2011

चितवनका दुई पत्रकारलाई सम्मान

चितवन / निर्माण व्यवसायी संघ चितवनको १८ औं वार्षिक साधारणको अवसरमा शनिबार  चितवनका दुई पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार रमेशकुमार पौडेल र प्रतिमा सिलवाल सम्मान गरिएको हो । बोलपत्र दर्ता गर्दा अवरोध गरिने परिपाटीका बारेमा पौडेल र सिलवालले प्रभावकारी समाचार लेखेका कारण उनीहरुलाई सम्मान गरेको संघका अध्यक्ष श्रीप्रकास कंडेलले जानकारी दिनुभयो  ।गएको  असारमा चितवन माडीको बनकट्टा बगइ सडक कालो पत्रे गर्न ठेक्का दिनका लागि आह्वान भएको बोलपत्र सिमित व्यवसायीको निवेदन परेपछि हस्तक्षेप गरेर अरु निर्माण व्यवसायीलाई दर्ता गर्न नदिएको बारेमा पौडेल र सिलवालले समाचार लेख्नु भएको थियो । समाचार प्रकाशित भएपछि चितवन जिल्ला विकास समितिले पहिलाको  बोलपत्रलाई रद्द गरेर फेरि अर्को बोलपत्र आह्वान गरेको थियो । पत्रकार रमेशकुमार पौडेल नागरिक दैनिकका चितवन सम्वाददाता र प्रतिमा  सिलवाल पारदर्शी दैनिक र राष्ट्रिय समाचार समितिमा कार्यरत रहनु भएको छ । सोही कार्यक्रममा एसएलसीमा उत्कृष्ण हुने संघ सदस्यहरुका सन्तानलाई पनि पुरस्कृत गरिएको थियो ।
यस पटकदेखि पत्रकार सम्मान कार्यक्रम शुरु गरेको र आगामी सभारणसभा तथा अधिवेशनमा पनि यसलाई निरातरता दिने निर्माण ब्यवसायी संघ चितवनले जनाएको छ । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यक्षध्वज कार्कीले पत्रकार पौडेल र सिलवालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताले निर्माण व्यवसायीलाई उद्योग सरह मान्यता दिनु पर्ने माग गरेका थिए । निर्माण कार्यनै विकासको पहिलो खुड्किलो भएकाले यस क्षेत्रमा कामगर्ने  व्यवसायीलाई राज्यले उद्योग सरह मान्यता दिनु पर्नेमा उनिहरुको  जोड थियो । कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष यक्षध्वज कार्कीले टेण्डर पार्न राजनीतिक दलको दवाव पर्ने भएकाले यो क्षेत्र अझै सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै सभाषद तथा नेपाली काग्रेसकी नेतृ उमा रेग्मीले निर्माण व्यवसायमा महिलाको सहभागिता वढाउनु पर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc