Thursday, January 27, 2011

ग्रामीण वाताबरण संरक्षण समाजको उदघाटन

बसेरी /ग्रामीण क्षेत्रको  विकास र परिवर्तनका लागि कि्रयाशिल रहने उद्धेश्यका साथ  बसेरी गाउं विकास समितिमा स्थापना भएको सामाजिक सस्था ग्रामीण वाताबरण संरक्षण समाजको उदघाटन तथा घोषणा कार्यक्रम आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धनबहादुर घलेको अध्यक्षतामा बसेरी गाविसको महालक्ष्मी उच्च माध्यमिक बिद्यालयमा भएको कार्यक्रम धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी मानवहादुर क्षेत्री, धादिङका प्रहरी नायव उपरिक्षक बसन्तबहादुर कुबंर ,नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेसका जिल्ला सचिव भक्त लामा, एकिकृत नेकपा माओवादीका प्रतिनिधि होमबहादुर ढकालको आतिथ्य रहेको थियो । यसै गरी कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य इन्दिरा ढुङगाना र  उमेश थापा नेपाली कांग्रेसका एक नम्बर क्षेत्रीय समितिका सचिव गोपाल ढकाल लगायतको पनि आतिथ्य रहेको थियो । संस्थाको उदघाटन कार्यक्रममा गाउंमा पुग्नुभएका विशिष्ट व्यक्तिहरुलाई स्थानीयबासीले पाचैवाजालामा झांकि्र लगायतका नाचहरुले स्वागत गरेका थिए । यसै गरी विभिन्न्न बिद्यालयका बिद्यार्थीहरुले नृत्य लोकगीत तथा वातावरण संरक्षण सम्वन्धि गितहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा महालक्ष्मी उच्च माध्यमिक बिद्यालयका गरीव एवम जेहेन्दार छात्र छात्रालाई १० हजार बसेरी माविका बिद्यार्थीलाई ५ हजार  देविस्थान बिद्यालयलाई  ३५ सय र मुटुरोगी शम्भु खनाललाई ५५ हजार नगद सहयोग हस्तान्तरण गरिएको थियो । जिल्लाको सुदुरमा रहेको बसेरी गाविसमा २०३३ सालपछि प्रमुख जिल्ला अधिकारी गाउं आईपुगेको  दोश्रो पटक भएको स्थानीयवासीले वताएका थिए । कार्यक्रममा महालक्ष्मी उच्च माविका संस्थापक शिक्षक कृष्णबहादुर ढकालका साथै बसेरी गाविसबाट प्रतिनिधीत्व गर्ने जिल्ला विकास समितिका पुर्वसदस्यहरु पुर्व गाविस अध्यक्ष तथा उपाध्यक्षहरुलाई दोसल्ल्ाा ओढाएर  सम्म्ाान पत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc