Thursday, January 27, 2011

गजुरीबाट १३ क्विन्टल रक्तचन्दन बरामद

केशव अधिकारी
गजुरी / धादिङको गजुरीबाट प्रहरीले १३ क्विन्टल भन्दा धेरै अबैध रक्तचन्दन बरामद गरेको छ । नारायणगढ बाट काठमाण्डौ तर्फ जांदै गरेको ना ३ ख ७९१३ नम्बरको कन्टेनर डिब्बा चेकजांच गर्ने क्रममा  डिब्ब्ााको चालक फरार भएपछि उक्त डिब्बा खानतलासी गर्दा डिब्ब्ााको भित्र फलामको बार हालेको कोठामा लुकाई छिपाई राखिएको १३ क्विन्टल ८० किलो रक्तचन्दन फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक दलबहादुर बोगटीले वताउनुभयो ।
 मंगलवबार राती ११ वजे तिर उक्त डिब्बा प्रहरीले नियन्त्रणमा लिएको हो । ईटां र प्लाष्टिकको लोड लिएर काठमाण्डौ तर्फ जाँदै गरेको उक्त डिब्ब्ााको नम्बर समेत दुईवटा भेटिएकाले रक्तचन्दन तस्करमिा  अनुभवी गिरोहको संलग्नता रहेको हुन सक्ने अनुमान प्रहरीको छ । ना ३ ख ७९१३ नम्बरको उक्त कन्टेनरमा ना ३ ख ८९२२ नम्बर प्लेट पनि भेटिएको प्रहरीले जनाएको छ ।  प्रहरीले बरामद गरेको रक्त चन्दन जिल्ला बन कार्यालयलाई बुझाइने पनि प्रहरी निरिक्षक बोगटीले वताउनुभयो । कन्टेनरका चालक फरार भएपनि सोहि कन्टेनरमा रहेका एक जना लाटो व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ जिल्लाको सडकखण्ड भएर रक्तचन्दन तस्करी हुने गरेको हल्ला चल्दै आएको भएपनि आंफुहरुले पहिलो पटक ठुलो परिणाममा रक्तचन्दन बरामद गरेको प्रहरीले जनाएको छ । नेपालले साईटिसमा हस्ताक्षर गरिसकेका कारण नेपालको बाटो भएर रक्तचन्दन ढुवानी गर्नु गैर कानुनि हुने प्रहरी निरिक्षक वोगटीले   वताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc