Thursday, January 27, 2011

मैदी गाविसमा थप दुई वटा समुह गठन

मैदी/ग्रामीण क्षेत्रमा रहेर विभिन्न सामाजिक तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आईरहेको जगतज्योती सामुदायिक विकास समाज मैदीले आफ्नो कार्यक्रम बिस्तारका लागि मैदी गाविसमा थप दुई वटा समुह गठन गरेको छ ।
 मैदी गाविसको वडा नम्बर ७ मा ।णकुमारी श्रेष्ठको अध्यक्षतामा गठन गरिएको मखमली कृषक समुह २३ सदस्सिय रहेको छ । समुहको उपाध्यक्षमा भिमकुमारी श्रेष्ठ र कोषाध्यक्ष तथा सचिवमा लक्ष्मी श्रेष्ठ रहनुभएको छ । यसै गरी लोककुमारी श्रेष्ठको अध्यक्षतामा गठन गरिएको अकलादेवी कृषक समुह २१ सदस्यिय रहेको छ । समुहको उपाध्यक्षमा नानीमाया बस्नेत सचिवमा ममता श्रेष्ठ र कोषाध्यक्षमा भक्तकुमारी श्रेष्ठ रहनुभएको छ । नवगठित समुहमा जगतज्योती सामुदायिक विकास समाज मार्फत विभिन्न कार्यक्रम संचालन गरिने वताईएको छ । संस्थाले मैदी गाविसमा अहिले सम्म १२ वटा समुह गठन गरिसकेको मैदीबाट शुरेश सिग्देलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc