बेनिघाट / बेनिघाट गाउं विकास समितिको वडा नम्वर ३ मा रहेको हर्कपुर निम्न माध्यमिक बिद्यालयको अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुबलाल बिसुन्केको अध्यक्षतामा भएको अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठले आर्थिक बर्ष २०६६/६७ मा बिद्यालयमा भएको आम्दानी खर्च १६ लाख ६२ हजार २ सय २३ रुपैयाको बिबरण प्रस्तुत गर्नुभएको थियो । अभिभावक भेलाले छविलाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यिय बिद्यालय व्यवस्थापन समिति र दुवलाल बिसुन्केको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघको चयन गरेको छ । त्यसै गरी सात सदस्यिय सामाजिक लेखा परिक्षण समितको पनि गठन गरेको बेनिघाट बाट महादेवलाल श्रेष्ठले जानकारी दिनुभयो ।



No comments:
Post a Comment