रिगाउं/ रि गाउं विकास समितिको वडा नम्बर ९ करङमा रहेको फेदीखोला प्राथमिक बिद्यालयको आय व्ययको सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङ लामा तामाङले २०६४ भदौ १८ गते देखि हाल सम्मको आय व्ययको बिबरण प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालयले हाल सम्म जिल्ल्ाा शिक्षा कार्यालयबाट अनुदान छात्रवृत्ति प्रशासनिक तथा पुस्तक शिर्षकमा तीन लाख ३९ हजार २ सय रुपैया प्राप्त गरेको कार्यक्रममा वताईएको थियो । यसै गरी रि गाविसको अनुदान सहयोग बापत २०६२ देखि २०६६ सम्म्ा दुई लाख ९१ हजार रि संगठनबाट ५५ हजार समेत गरी बिद्यालयमा कुल ५ लाख ८५ हजार २ सय रुपैयाको आय व्यय भएको कार्यक्रममा जानकारी गराईएको थियो ।



No comments:
Post a Comment