Saturday, January 22, 2011

आग्रा खोलामा निःशुल्क स्वास्थ्य शिविर

महादेबेसी / आग्रा खोलामा कार्यरत मजदुर र मजदुर परिवारका बालबालिकाका लागि शनिबार  आग्रा खोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इटालियन संस्था आपेरोन र युक्याप नेपालको आयोजना एवम फेक्ट नेपाल र जिल्ल्ाा स्वास्थ्य कार्यालय धादिङको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।
आग्रा खोला किनारमा रहेर मजदुरी गर्दै आईरहेका गरिव तथा विपन्न समुदायमा विभिन्न्ा किसिमका रोग देखिएपनि आर्थिक अभावका कारण उपचार गर्न नस्ाक्दा उनिहरुमा बढ्दै गएको समस्या समाधानका लागि सहयोग पुर् याउने उद्धेश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा दुई सय ३ जना विभिन्न प्रकारका विरामीको उपचार गरिनुका साथै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको एवं पाठेघरका खसेका विरामीहरुलाई काठमाण्डौ मोडेल अस्पतालमा निःशुल्क अप्रेशनका लागि सिफारिश गरिएको युक्याप नेपालका सानु गिरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc