Saturday, January 22, 2011

यमबहादुर दर्लामी मगरको संम्झना

धादिङ /दुवै मृगौलामा आएका खराविका कारण १३ दिन अगाडि मृत्यु भएका यमबहादुर दर्लामी मगरको संझनामा शनिबार श्रद्धााजली सभा सम्पन्न भएको छ । अखिल नेपाल यातायात मजदुर संगठन धादिङका सदस्य समेत रहनुभएका दर्लामीको १३ औं दिनको पुण्यतिथिको अवसरमा संगठनले शनिबार धादिङवेसीमा श्रद्धााजली सभाको आयोजना गरेको हेा ।
संगठनका सदस्य शैलेन्द्र दर्लामी मगरको अध्यक्षतामा भएको श्रद्धााजली सभामा अखिल नेपाल यातायात मजदुर संगठन धादिङका अध्यक्ष बद्री सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष सुवेदीले मृतककी श्रीमती चित्रकुमारी दर्लामी मगरलाई ५ हजार नगद र एकिकृत नेकपा माओवादी धादिङ इलाका नम्वर ९ का इन्चार्ज परिवर्तनले २ हजार नगद रुपैँया सहयोग स्वरुप प्रदान गर्नुभएको थियो । विगत ३ वर्षदेखि श्रीमती चित्रकुमारी दर्लामी मगरको मृगौला सम्बन्धी समस्या रहेको र सो को उपचारको लागि रकम संकलन गर्ने सिलसिलामा रातोदिन ओभरटाइम ड्राइभर काम गर्दै आउनुभएका श्रीमान यमबहादुर दर्लामी मगरको गत पुष २७ गते मृगौलाकै समस्याबाट उपचारको क्रममा ३० वर्षको उमेरमा मृत्यु भएको थियो । श्रीमान यमबहादुरको मृत्यु भएपछि मृगौला रोगबाट ग्रसित चित्रकुमारी सँगै उहाँका एक छोरा तथा एक छोरी झनै समस्यामा पर्नुभएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc