Saturday, January 22, 2011

नेकपा एमाले धादिङको पूर्ण बैठक सम्पन्न

धादिङबेसी /नेकपा एमाले धादिङको पूर्ण बैठक शनिबार  धादिङवेसीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले बागमती अाचल इाचार्ज पशुपती चौलागाईको प्रमुख आतिथ्य रहेको थियो ।
बेठकले पार्टी कामलाई सुदृढ पार्न संगठन स्कूल आर्थिक प्रचार लगायतका विभागहरुलाई पूर्णता दिएको एमाले धादिङले जनाएको छ । साथै कर्मचारी उद्योग र वुद्धिजीवी प्रु्रयाक्सनलाई सकि्रय बनाउने निर्णय पनि भएको छ । त्यसैगरि बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार माघ १६ गतेदेखि गाउँ जागरण अभियान साचालन गर्ने निर्णय पनि गरेको छ । संगठन विस्तार पार्टी कार्यकर्तालाई प्रशिक्षण लगायतका कार्यहरु गाउँ जागरण अभियानमा साचालन गरिने बताइएको छ । पार्टी विधान अनुसार निर्वाचन क्षेत्रलाई आधार बनाएर बनाइएको क्षेत्रिय कमिटिको अधिवेशनहरु आगामी फागुन १६ र १७ गते सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको एमाले धादिङका उपाध्यक्ष शिवराज कंडेलले बताउनु भयो । बैठकलाई सम्वोधन गर्दै एमाले नेता एवं बागमती अाचल इाचार्ज पशुपती चौलागाईले समसामयिक राष्ट्रिय राजनीति नेकपा एमालेको आगामी कार्यभार सरकार गठन प्रकि्रया संविधान निर्माण लगायतका विषयमा जिल्ला कमिटिका पदाधिकारी एवं सदस्यहरुलाई जानकारी गराउनु भएको पनि उपाध्यक्ष कंडेलले बताउनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc