सलाङघाट /त्रिशुली नदीको किनारमा रहेर पनि पानीको अभावले िसंचाई सुविधाबाट बिाचत रहंदै आएको सलाङ गाउं विकास समितिको वडा नम्वर ५ मा पर्ने मजुवाटारमा बिद्युत्तको सहयातामा पम्पबाट पानी तान्ने कार्य सफल भएको छ । मजुवाटार िसंचाई योजनाका लागि जिल्ला विकास समिति धादिङको चार लाख स्थानीयवासीबाट संकलित ६ लाख जनश्रमदान दुई लाख समेत गरी कुल १२ लाखको लागतमा त्रिशुली नदीको पानी तान्ने कार्य सफल भएको हो । मजुवाटार िसंचाई योजनाबाट करीब दुई सय रोपनी जग्गामा िसंचाई सुविधा पुग्नुका साथै स्थानीइ ५० घर परिवार लाभान्वित हुने छन । गाउंमा त्रिशुली नदीको पानी तानेर िसंचाई योजना सम्पन्न भएपछि स्थानीयबासीमा निकै खुसी छाएको सलाङबाट रोशन त्रिपाठीले वताउनुभयो ।



No comments:
Post a Comment