कल्लेरी/नेपाल तरुण दल कल्लेरीको गाउं अधिबेशन कल्लेरी गाविसको वडा नम्वर ६ बेलिनीटारमा शनिबार सम्पन्न भएको छ । नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल बिश्वकर्माको प्रमुख आतिथ्यमा भएको गाउं अधिबेशनमा तरुण दल धादिङका आर्थिक विभाग प्रमुख कृष्णमणी नेपाल र नेपाली कांग्रेसका जिल्ला सदस्य सीता खतिवडाको बिशेष आतिथ्य रहेको थियो । अधिबेशनले सुरेन्द्र नगरकोटीको अध्यक्षतामा नौ सदस्यिय तरुण दल कल्लेरी गाउं कार्य समितिको चयन गरेको छ । यसै गरी अधिबेशनले दलको जिल्ला अधिबेशनका लागि कल्लेरीबाट महीला प्रतिनिधीमा शान्ता खड्का र बिष्णु खतिवडालाई चयन गरेको छ ।



No comments:
Post a Comment