सेर्तुङ /अखिल नेपाल शिक्षक संगठन सेर्तुङको तेश्रो गाउँ सम्मेलन शनिवार सम्पन्न भएको छ । सेर्तुङ गाउँ विकास समिति वडा नम्बर ५ मा रहेको च्याम्रादेवी निमाविमा सम्मेलन सम्पन्न भएको हो । शिक्षक दिनेश लुइटेलको अध्यक्षतामा आज भएको शिक्षकहरुको भेलाले नवराज जिसिको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति गठन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा मिनबहादुर गुरुङ ,सचिवमा गंगाराम यादव ,सहसचिवमा बहादुर वि।s। र कोषाध्यक्षमा विपिन तामाङ चयन हुनु भएको छ भने दिनेश लुइटेल ईाचार्ज रहनु भएको छ । त्यसैगरि सम्मेलनले होमबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सम्मेलनले बहादुर वि।s।sाे संयोजकत्वमा संगठनको सहायक संगठनको रुपमा भोलेन्टियर टिचर अर्गनाइजेशन सेर्तुङ गाउँ समिति पनि गठन गरेको छ । भेलामा संगठनका जिल्ला सदस्य एवं १ नम्बर इलाका इाचार्ज सन्तोष सिम्खडाको प्रमुख आतिथ्य रहेको थियो । भेलामा एकिकृत नेकपा माओवादीका सेर्तुङका इाचार्ज इमान तामाङ संगठनका जिल्ला सदस्य मनमान तामाङ लगायतको आतिथ्य रहेको थियो ।



No comments:
Post a Comment