बसेरी /बसेरी गाउँ विकास समिति वडा नम्वर ५ मा रहेको शिवालय बालक्लबको आयोजनामा साचालित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री शिक्षा आजको आवश्यकता आम सरोकारवालाहरुको प्रतिबद्धता भन्ने नाराका साथ शिवालय निमावि बसेरीमा साचालन भएको खेलकुद प्रतियोगितामा नेकपा एमाले धादिङकी सदस्य इन्दीरा ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।
बालक्लबका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विद्यालयका प्रधानअध्यापक गणेश बहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो । एकिकृत सामुदायिक विकास अभियान आई।सी।डि।सी धादिङको सहयोगमा सम्पन्न कार्यक्रममा चम्चा गुच्चा दौड र सियो धागो खेलमा प्रतिस्पर्धा गराइएको थियो । आई।सि।डि।सी धादिङका सामाजिक परिचालक शम्भु गुरुङ ,जिल्ला मनोविमर्शकर्ता ढुण्डीराज दाहालको समेत उपस्थिति रहेकेा प्रतियोगितामा विजयी सहभागिहरुलाई पुरस्कार वितरण गरिएको विनिता श्रेष्ठले जानकारी दिनुभयो ।



No comments:
Post a Comment