Saturday, January 22, 2011

समाजसेवी पुर्णप्रसाद अधिकारीको ८९ बर्षको उमेरमा निधन

धादिङबेसी /धादिङका समाजसेवी एवं नेपाल शिक्षक संघ धादिङका पूर्व अध्यक्ष बाबुराम अधिकारीका पिता पुर्णप्रसाद अधिकारीको शुक्रवार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ । समाजसेवी अधिकारीको निधन प्रति दुःख ब्यक्त गर्दै नेपाली कांग्रेस धादिङले आज एक प्रेस विज्ञप्ती जारी गरि श्रद्धााजली ब्यक्त गरेको छ ।
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीद्धारा जारी विज्ञप्तीमा स्वर्गीय पूर्णप्रसाद अधिकारी सनातन धर्मका इमान्दार अनुयायी धादिङका अग्रज समाजसेवी र नेपाली कांग्रेसको स्थापना कालदेखि कै एक इमान्दार सहयोगी रहनुभएको र वहाँको निधनले धादिङको सामाजिक आन्दोलनमा अपुरणीय क्षती भएको साथै नेपाली कांग्रेस धादिङले एउटा पि्रय अभिभावक गुमाएको जनाइएको छ । साथै विज्ञप्तीमा शोक सन्तप्त परिवारजनमा हर्दिक समवेदना प्रकट गरिएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc