Friday, January 21, 2011

नागरिक समाजको तर्फबाट दवावमूलक कार्यक्रमहरु साचालन हुने

धादिङबेसी / वर्तमान शान्ती प्रकि्रयालाई टुंगोमा पुर् याउन र द्वन्द व्यवस्थापन गर्न राज्य पक्षले पहल नगरेको भन्दै नागरिक समाजको तर्फबाट दवावमूलक कार्यक्रमहरु साचालन हुने भएको छ । तत्कालिन सरकार र नेकपा माओवादी बिच भएको वृहत  शान्ती सम्झौतामा शान्ती प्रकि्रयालाई टुंगोमा पुर् याउन र द्वन्द व्यवस्थापन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरि कार्य सम्पन्न गरिसक्नु पर्ने समयमा आयोग पनि गठन हुन नसकेको भन्दै दवावमूलक कार्यक्रमहरु साचालन हुने भएको हो ।
केयर युके र केयर नेपालको सहयोगमा साचालन भैरहेको महिला र युवा दिगो शान्तीका आधार कार्यक्रम अन्तरगत द्वन्द व्यवस्थापन गर्न आगामी जेठ १४ गते भन्दा पहिले नै आयोगलाई पूर्णता दिन दवाव सिर्जना गर्न लागिएको  बताईएको छ । आगामी वर्ष साचालन गरिने कार्यक्रमको कार्य योजना निर्माण गर्न चार दिनसम्म काभे्रको धुलिखेलमा साचालन भएको कार्यशालामा विभिन्न दवाव मूलक कार्यक्रम साचालन गर्ने योजना बनेको धादिङबाट कार्यशालामा सहभािग राधिका सापकोटाले बताउनु भयो । आगामी कार्ययोजनाका बारेमा आज फोकस शान्ती केन्द्रमा आयोजित एक कार्यक्रममा कार्यशालामा तयार पारिएका कार्य योजनाका बारेमा जानकारी गराइएको थियो । कार्यशालामा द्वन्दका समयमा जिल्लामा हत्या गरिएकाहरु अंगभंग भएकाहरु विस्थापितहरु गिरफ्तारमा परेकाहरु यौनजन्य िहंसामा परेकाहरु लगायतको खण्डिकृत तथ्यांक संकलन गर्ने र घटनाका दोषिलाई कारवाहि राज्यद्वारा बनाइएका नीति नियम र कानूनको पूर्ण  पालनाको लागि दवाव सिर्जना गर्ने कार्ययोजनाहरु तयार गरिएको पनि कार्यक्रममा   बताइएको छ । आज भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष  सितारामप्रसाद वर्मा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली  विभिन्न साचार माध्यममा आवद्ध साचारकर्मिहरु मानव अधिकारकर्मिहरु र विभिन्न गाउँ विकास समितिमा रहेर कार्य गरिरहेका शान्तीदूतहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc