Friday, January 21, 2011

नलाङ माविमा नयाँ व्यवस्थापन समिति

नलाङ /नलाङ गाउँ विकास समिति वडा नम्वर ८ चरिमारे टारमा रहेको नलाङ माध्यमिक विद्यालयमा शुक्रवार  सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समितिको चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाले राजाराम सिलवालको अध्यक्षतामा ७ सदस्यीय नयाँ व्यवस्थापन समितिको चयन गरेको हो । विद्यालयका शिक्षक तथा  अभिभावकहरुको उपस्थितिमा सम्पन्न भेलामा विद्यालयका पूवं व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर सिलवालको पनि उपस्थिति रहेको विद्यालयका शिक्षक घनश्याम भट्टले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc