धादिङ / बिद्यालयमा छात्रामैत्री शौचालयको अभाव हुंदा छात्राहरुले बिचैमा पढाई छाडने क्रम बढदै गएपछि सरकारले बिद्यालयमा छात्रामैत्री शौचालय निर्माणका लागि अभियान शुरु गरेको छ । सरकारले चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा घोषणा गरेको यो अभियान अन्र्तगत यस बर्ष धादिङ जिल्लाका एक सय १५ वटा बिद्यालयमा प्राथमिकताका आधारमा छात्रामैत्री शौचालय निर्माण हुने भएको छ ।
जिल्ला शिक्षा कार्यालय धादिङले चालु आर्थिक बर्ष भित्र संचालन हुने योजना तथा शैक्षिक विकासका कार्यक्रम र सरकारले विनियोजन गरेको वजेटका बारेमा जानकारी दिने उद्धेश्यले बुधवार धादिङबेसीमा आयोजना गरेको प्रवोधिकरण कार्यक्रममा यस सम्वन्धि जानकारी गराईएको हो । जिल्ला शिक्षा अधिकारी मानवहादुर क्षेत्रीको अध्यक्षतामा भएको जिल्ल्ाा स्तरिय प्रबोधिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत शिव रेग्मीले जिल्लाको बिद्यालयशिक्षक तथा बिद्यार्थी बिबरण आर्थिक बर्ष २०६७/६८ को बार्षिक कार्यक्रम आयोजना तथा बजेट अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता कार्यक्रम लगायतका बिषयमा जानकारी गराएका थिए । प्रबोधिकरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले चालु आर्थिक बर्षमा विभिन्न्ा शिर्षक मार्फत कुल ९६ लाख ९० हजार एक सय ७० रुपैया बजेट खर्च गर्ने वताईएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधी सरकारी कार्यालयका प्रतिनिधीशिक्षक संघ संगठनका प्रतिनिधीसंचारकर्मी र शिक्षा क्षेत्र संग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।



No comments:
Post a Comment