धादिङ / स्वाबलम्वन बिकास केन्द्रद्धारा साचालित स्वाबलम्वन बैकिङ कार्यक्रम शुरुवात भएको १८ औं बर्ष प्रवेशको अवसर पारेर शुक्रवार धादिङबेसीमा स्वाबलम्वन बैकिङ दिवस तथा केन्द्र मुल्याङकन कार्यक्रम सम्पन्न भएको छ ।
स्वाबलम्बन बिकास केन्द्र उपशाखा कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रम सानिमा विकास बैक धादिङ शाखाका प्रबन्धक बिष्णुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सुनौलावजार बासबोटेमा रहेको स्वाबलम्बन बिकास केन्द्रका सदस्य सोमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नौ वटा गाविसमा रहेको स्वाबलम्बन बिकास केन्द्रका प्रमुख तथा उपप्रमुख समेत गरी ८८ जनाको सहभागिता रहेको थियो । त्रकार्यक्रममा स्वाबलम्वन बिकास केन्द्र उपशाखा धादिङबेसीका प्रबन्धक सुमन श्रेष्ठले संस्थाको गतिविधी स्वाबलम्बन बैकिङ कार्यक्रम लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा केन्द्र अन्र्तगत रहेका समुहहरुको मुल्याङकन तथा पुरस्कार वितरण समेत गरिएको थियो । समुहहरुले साचालन गरेको उत्कृष्ठ गतिविधीका आधारमा गरिएको मुल्याङकनमा कैलाशदेवी स्वाबलम्वन महिला केन्द्र सोह्रघरे प्रथम भगवती स्वाबलम्वन महिला केन्द्र सुनौलावजार दोश्रो र ढोलामण्डली स्वाबलम्बन महिला केन्द्र ढोलालाई तेश्रो पुरस्कार प्रदान गरिएको थियो ।



No comments:
Post a Comment