गोगनपानी/ धादिङको गोगनपानी गाउं विकास समितिको वडा नम्वर २ राम्चेदेखि चीउरीपाटा सम्मको तीन किलोमिटर ग्रामीण सडक निर्माण कार्य सम्पन्न भएको छ ।
स्थानीय ६० घर परिवारबाट संकलन गरिएको तीन लाख रुपैयाको लागतमा सडकको निर्माण कार्य सम्पन्न भएको हो । सडक निर्माण समितिका कोषाध्यक्ष नवराज रेग्मीका अनुसार पुस २८ गते देखि शुरु गरिएको सडकको निर्माण कार्य बुधवार सम्पन्न भएको हो । सडकको निर्माण कार्य सम्पन्न भएपछि गाउंमा उत्पादित तरकारी फलफुल तथा अन्न उत्पादन बजार सम्म लैजान र वजारबाट गाउँमा ल्याउनुपर्ने दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न सजिलो भएको स्थानीयवासी रामकुमार थापाले वताएका छन ।



No comments:
Post a Comment