Monday, January 17, 2011

दलित बालबालिकालाई शैक्षिक सामाग्री

सल्यानटार/ सल्यानटार गाउँ विकास समितिमा रहेका द्वन्द प्रभावित गरीव असहाय टुहुरा तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री उपलव्ध गराइएको छ । एकिकृत सामुदायिक विकास अभियान आइ।सि।डि।सि। धादिङको आयोजनामा आज एक कार्यक्रमका बिच भएको शैक्षिकसामागि्र वितरण गरिएको हो । बाल संरक्षण समिति सल्यानटारका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आइ।सि।डि।सि। धादिङका गोपाल गुरुङले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । कार्यक्रममा सल्यानटार गाउँ विकास समितिका ९ वटा विद्यालयमा अध्ययन गरिरहेका २७ जना बालबालिकालाई शैक्षिक सामाग्री उपलव्ध गराइएको थियो  । कार्यक्रममा आइ।सि।डि।सि। धादिङका सामाजिक परिचालक शम्भु गुरुङ र सहजकर्ता लिला अधिकारीको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc