Monday, January 17, 2011

शिक्षक युनियन स्थापना दिवस

धादिङबेसी /शैक्षिक समस्या र उन्नयनमा शिक्षक युनियनको भूमिकाको विषयमा आईतवार सदरमुकाम धादिङबेसीमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक युनियनको सातौं स्थापना दिवसको अवसर पारेर नेपाल शिक्षक युनियन धादिङले अन्तरकि्रया कार्यक्रम आयोजना गरेको हो ।
 युनियनका अध्यक्ष धु्रव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापती एवम पुर्व विधायक रामनाथ अधिकारीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न वौद्धिक वर्ग शिक्षकहरुले दवाव मूलक कार्यक्रमहरु साचालन गर्नुपर्ने बताउनु भयो । पूर्व विधायक अधिकारीले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण  भूमिका रहेको स्मरण गर्दै पछिल्लो समयमा शिक्षकहरु पनि दलगत स्वार्थबाट माथि उठ्न नसकेको गुनासो गर्नु भयो । कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्री ,नेपाल शिक्षक युनियनका केन्द्रिय सदस्य लक्ष्मण शर्मा र रामप्रसाद अधिकारी नेपाली कांग्रेस धादिङका सचिव भक्त लामा नेकपा एमालेका जिल्ला सदस्य कुलमान विक ,राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका उपाध्यक्ष मोहनकुमार श्रेष्ठ ,नीलकण्ठ क्याम्पसका प्रमुख भुपेन्द्रकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न संगठनमा आवद्ध   शिक्षक र अन्य व्यक्तित्वहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc