Monday, January 17, 2011

कर्मचारीहरु घुसखोरी भएकाले बैङ्क डुब्ने गरेको हो -अर्थमन्त्री पाण्डे

खानीखोला/अर्थमन्त्रि सुरेन्द्र पाण्डेले राजनीतिक दवाव र कतिपय कर्मचारीहरु घुसखोरी भएकाले बैङ्क डुब्ने गरेको बताउनु भएको छ । आईतवार  कृषि विकास बैङ्क शाखा कार्यालय खानीखोलाको औपचारीक कारोवार शुभारम्भ गर्दै मन्त्रि पाण्डेले राजनीतिक दवाव र घुषखोर कर्मचारीहरुबाट सचेत रहन बैङ्क ब्यवस्थापनलाई आग्रह गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले सामुहीक खेती प्रणाली अपनाउन सम्पूर्ण किसानहरुलाई आग्रह गर्नुभएको छ । सामूहिक खेती प्रणली अपनाउने कृषकहरुलाई राज्यले सहयोग गर्ने भन्दै उहाँले यसकालागि २ अर्ब बजेट छुट्टाउने बारेमा छलफल भइरहेको बताउनुभयो । गृहमन्त्रिले सुडान घटनाका दोषीलाई कारवाही गर्न नसकेको प्रति असन्तुष्टि जनाउँदै मन्त्रि पाण्डेले आफु गृहमन्त्रि भएको भए दोशीमाथि यसअघि नै कारवाही भइसक्ने बताउनु भएको छ । यस्तै कार्यक्रमका विशेष अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष एवम् धादिङ क्षेत्र नं। ३ का सभाषद शालिकराम जम्कट्टेलले कृषि विकास बैङ्कमा राज्यको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानी भए पनि बैङ्क नीजि जस्तो बन्न खेाजेको बताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc